YouVersion लोगो
खोज आइकन

हिब्रू 12:25-29

हिब्रू 12:25-29 NNRV

होशियार बस, जो बोल्‍दैहुनुहुन्‍छ, उहाँलाई तिमीहरू इन्‍कार नगर। किनकि यदि पृथ्‍वीमा चेताउनी दिनुहुनेलाई इन्‍कार गर्नेहरू उम्‍केनन्‌ भने स्‍वर्गबाट चेताउनी दिनुहुनेलाई अस्‍वीकार गर्‍यौं भने हामी कसरी उम्‍कन सक्‍छौं? उहाँको सोरले त्‍यस बेला पृथ्‍वी काम्‍यो, तर अब त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “अझ एक पल्‍ट, पृथ्‍वी मात्र होइन, तर स्‍वर्गलाई समेत म हल्‍लाउनेछु।” “अझ एक पल्‍ट” भन्‍ने वचनले यो देखाउँछ, कि हल्‍लाउन सकिने कुराहरू, अर्थात्‌ सृष्‍टि भएका कुराहरू हटाइनेछन्, तर हल्‍लाउन नसकिने कुराहरू स्‍थिर रहनेछन्‌। यसकारण हल्‍लाउन नसकिने राज्‍य पाएकोमा हामी कृतज्ञ होऔं। त्‍यसैले हामी भक्ति र भयसाथ परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने आराधना चढ़ाऔं। किनभने हाम्रा परमेश्‍वर भस्‍म पार्ने आगो हुनुहुन्‍छ।