YouVersion लोगो
खोज आइकन

हिब्रूहरू 10:5-18

हिब्रूहरू 10:5-18 NCV

यसकारण संसारमा आउनुहुँदा ख्रीष्‍टले भन्‍नुभयो: “बलिदान र भेटी तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्ति एउटा शरीर चढाउनको लागि तयार पारिदिनुभयो। होमबलिहरू र पाप शुद्धीकरणको बलिहरूमा तपाईं प्रसन्‍न हुनुभएन। तब मैले भनें, ‘म यहाँ छु, यो कुरा पवित्र शास्त्रमा लेखिएको छ। हे परमेश्‍वर, म तपाईंको इच्छा पूरा गर्न आएको छु।’ ” पहिला उहाँले भन्‍नुभयो, “बलिदान र भेटी, होमबलि अनि पाप शुद्धीकरणको बलिहरू तपाईंले चाहनुभएन; न त तपाईं तिनीहरूदेखि प्रसन्‍न हुनुभयो”, यद्यपि ती व्यवस्थाले चढाउन भन्दछ। तब उहाँले भन्‍नुभयो, “म यहाँ छु, म तपाईंकै इच्छा पूरा गर्न आएको छु।” पहिलोलाई खारेज गर्न उहाँले दोस्रोलाई स्थापित गर्नुभयो। अनि उहाँको इच्छाद्वारा येशू ख्रीष्‍टको शरीरको एकपल्टको बलिदानद्वारा हामी सधैंको लागि पापबाट पवित्र पारिएका छौं। पुरानो करारमा हरेक पूजाहारीले दिनहुँ उभिएर आफ्नो धार्मिक कर्तव्यहरू गर्छन्; घरी-घरी तिनले एकै किसिमका बलिदानहरू चढाउँछन्, जसले कहिल्यै पाप हटाउन सक्दैन। तर जब यी प्रधान पूजाहारीले सधैंको लागि अद्वितीय पाप क्षमाको लागि एउटै बलिदान चढाउनुभयो, तब उहाँ परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभयो; त्यस बेलादेखि नै आफ्ना शत्रुहरूलाई आफ्ना पाउदान बनिऊन् भनेर उहाँ पर्खनुहुन्छ; किनकि जो पवित्र तुल्याइँदैछन्, उहाँले तिनीहरूलाई एउटै बलिदानले सदाको निम्ति सिद्ध पार्नुभएको छ। यस विषयमा पवित्र आत्माले पनि साक्षी दिनुहुन्छ; उहाँ भन्‍नुहुन्छ: “त्यो समयपछि पछि म तिनीहरूसित जुन करार बाँध्नेछु, त्यो यही हो, प्रभु भन्‍नुहुन्छ, म आफ्नो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु, र म ती तिनीहरूका मनमा लेखिदिनेछु।” तब उहाँ फेरि भन्‍नुहुन्छ: “म तिनीहरूका पाप र कुकर्महरू कहिल्यै सम्झनेछैनँ।” अनि जब यी क्षमा हुन्छन्, पाप क्षमाको लागि कुनै बलिदान आवश्यक पर्दैन।

हिब्रूहरू 10 पढ्नुहोस्

हिब्रूहरू 10:5-18 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति