YouVersion लोगो
खोज आइकन

हिब्रू 10:5-18

हिब्रू 10:5-18 NNRV

यसकारण संसारमा आउनुहुँदा ख्रीष्‍टले भन्‍नुभयो, “बलि र भेटीहरू तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्‍ति एउटा शरीर तयार पार्नुभएको छ। होमबलि र पापबलिहरूमा तपाईं प्रसन्‍न हुनुहुन्‍न। तब मैले भने, ‘हेर्नुहोस्, हे परमेश्‍वर, पुस्‍तकको मुट्ठोमा मेरो बारेमा लेखिएजस्‍तै तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु’।” पहिले उहाँले भन्‍नुभयो, “बलि र भेटीहरू, होमबलि र पापबलिहरू तपाईंले चाहनुभएन। तपाईं तिनीहरूमा प्रसन्‍न हुनुभएन।” (यी त व्‍यवस्‍थाबमोजिम चढ़ाइन्‍छन्‌।) अनि पछिबाट भन्‍नुभयो, “हेर्नुहोस्, तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु।” दोस्रोलाई स्‍थापित गर्न पहिलोचाहिँ उहाँले खारेज गर्नुहुन्‍छ। त्‍यही इच्‍छाबाट येशू ख्रीष्‍टका शरीरको बलिद्वारा सदाको निम्‍ति हामी पवित्र बनाइएका छौं। हरेक पूजाहारी एकै किसिमको बलि बारम्‍बार चढ़ाउँदै प्रतिदिन सेवामा खड़ा रहन्‍छ, जुन बलिले कहिल्‍यै पाप हरण गर्न सक्‍दैन। तर ख्रीष्‍टले त पापहरूका निम्‍ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। र उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्‍जेल उहाँ पर्खिरहनुहुन्‍छ। किनकि एउटै बलिद्वारा जो पवित्र तुल्‍याइँदैछन्, तिनीहरूलाई उहाँले सदाको निम्‍ति सिद्ध बनाउनुभएको छ। पवित्र आत्‍माले पनि हामीलाई गवाही दिनुहुन्‍छ। पहिला उहाँ भन्‍नुहुन्‍छ, “ती दिनपछि तिनीहरूसँग बाँध्‍ने मेरो करार यही हो, परमप्रभु भन्‍नुहुन्‍छ, तिनीहरूका हृदयमा म मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका मनमा पनि म त्‍यो लेखिदिनेछु।” तब उहाँ भन्‍नुहुन्‍छ, “तिनीहरूका पाप र तिनीहरूका दुष्‍कर्महरू म फेरि सम्‍झनेछैनँ।” अब जहाँ यी सबैको क्षमा हुन्‍छ, त्‍यहाँ अब फेरि पापको निम्‍ति कुनै बलि छैन।

हिब्रू 10:5-18 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति