त्यसपछि याहवेहले जवाफ दिनुभयो: “यो दर्शन लेख्, र स्पष्टसँग पाटीमा लेख्, ताकि समाचारवाहक यसलाई लिएर दगुरोस्। किनकि यो दर्शन तोकिएको समयको प्रतीक्षामा छ; यसले अन्त्यको समयको बारेमा बताउँछ, र यो दर्शन झूटो ठहरिनेछैन। त्यो पूरा हुन केही ढिलो भए तापनि यसका निम्ति पर्खेर बस्; त्यो निश्चय नै पूरा हुनेछ, र ढिलो हुनेछैन। “हेर्, शत्रु घमण्डले फुलेको छ; त्यसका हृदयका इच्छाहरू सही छैनन्। तर धर्मी जनचाहिँ आफ्नो विश्वासद्वारा नै जिउनेछ।
हबकूक 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हबकूक 2:2-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू