YouVersion लोगो
खोज आइकन

उत्पत्ति 8:13-22

उत्पत्ति 8:13-22 NCV

नोआको जीवनको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिनसम्ममा पृथ्वीबाट पानी सुकिसकेको थियो। तब नोआले जहाजको छाना उघारे, र पृथ्वीको सतह ओबानो भएको देखे। दोस्रो महिनाको सत्ताइसौँ दिनसम्ममा पृथ्वी पूरै ओबानो भएको थियो। तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “तँ र तेरी पत्नी, र तेरा छोराहरू र तिनीहरूका पत्नीहरूलाई लिएर जहाजबाट निस्की। तँसित भएका हरेक प्रकारका जीवित प्राणी, पक्षी, जनावर र जमिनमा चलहल गर्ने सबै प्राणीहरूलाई बाहिर निकाल् ताकि तिनीहरू पृथ्वीमा फैलिँदै फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जाऊन्।” यसकारण नोआ, तिनको साथमा छोराहरू, तिनकी पत्नी र बुहारीहरूसित बाहिर निस्केर आए। जमिनमा घस्रने सबै जनावर, सबै प्राणीहरू र सबै उड्ने पक्षी—पृथ्वीमा हलचल गर्ने सबै जीवहरू तिनीहरूका जोडीअनुसार एकपछि अर्को गर्दै जहाजबाट बाहिर निस्के। तब नोआले याहवेहको निम्ति एउटा वेदी बनाए, र शुद्ध पशुहरूबाट र शुद्ध पक्षीहरूबाट केही लिएर त्यस वेदीमाथि होमबलि चढाए। याहवेहले त्यो मिठो बास्‍ना लिनुभयो; अनि आफ्नो मनमनै भन्‍नुभयो: “बाल्यवस्थादेखि नै मानिसको हृदय दुष्‍टतातिर ढल्केको भए तापनि मानिसको कारणले गर्दा म धर्तीलाई अब फेरि कहिल्यै श्राप दिनेछैनँ। अनि जसरी अहिले मैले गरेको छु, अब फेरि सबै जीवित प्राणीलाई म कहिल्यै नाश गर्नेछैनँ। “पृथ्वी रहेसम्म, बिउ छर्ने र कटनीको समय, जाडो र गर्मी, ग्रीष्म ऋतु र शिशिर ऋतु, दिन र रातको अन्त्य कहिल्यै हुनेछैन।”

उत्पत्ति 8 पढ्नुहोस्