YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 8:13-22

उत्‍पत्ति 8:13-22 सरल नेपाली

नोआको उमेर ६०१ वर्ष पुग्‍दा पहिलो महिनाको पहिलो दिनमा पानी सुक्‍यो। नोआले नाउका छत उघारेर चारैपट्टि हेरे र भूइँ ओबानो हुँदैगएको देखे। दोस्रो महिनाको सत्ताईसौँ दिनमा जमिन पूरै सुक्‍खा भयो। परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “तेरी स्‍वास्‍नी र तेरा छोरा-बुहारीहरू लिएर नाउदेखि बाहिर निस्‍की। सबै चरा-चुरुङ्गी र पशुहरू पनि आफूसँग बाहिर लैजा र तिनीहरू बढ्दै जाऊन् र पृथ्‍वीभरि फैलिऊन्।” नोआ र आफ्‍नी स्‍वास्‍नी र छोराबुहारीहरूसमेत नाउदेखि बाहिर निस्‍के। सबै पशु र चरा-चुरुङ्गीहरू पनि आफ्‍ना जातअनुसार नाउबाट निस्‍किआए। नोआले परमप्रभुको निम्‍ति एउटा वेदी बनाए। उनले विधिअनुसार शुद्ध हरथरीका पशु-पंक्षी एक-एक वटा लिएर वेदीमा सिङ्गै होमबलि चढाए। होमबलिको मीठो बासनाले परमप्रभुलाई खुसी पार्‍यो र उहाँले आफ्‍नो मनमा भन्‍नुभयो, “फेरि कहिल्यै पनि म मानिसले गरेका कामका कारणले पृथ्‍वीलाई सराप दिनेछैनँ। म जान्‍दछु कि सानै हुँदादेखि नै उसका सोचहरू खराब हुन्‍छन्। फेरि कहिल्‍यै पनि म यसपालिको जस्‍तो सबै जिउँदा प्राणीहरूलाई नाश गर्नेछैनँ। पृथ्वी रहुन्‍जेल यहाँ बिउ छर्ने र बालि काट्‍ने समय हुनेछ। सधैँ तातो-चीसो, रात-दिन, गर्मी र जाडोका दिनहरू भइरहनेछन्।”

उत्‍पत्ति 8 पढ्नुहोस्