YouVersion लोगो
खोज आइकन

उत्पत्ति 39:20-23

उत्पत्ति 39:20-23 NCV

योसेफका मालिकले तिनलाई राजाका कैदीहरू थुन्‍ने झ्यालखानामा लगेर हालिदिए। तर योसेफ त्यस झ्यालखानामा हुँदा, याहवेह तिनको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि दया देखाउनुभयो, र झ्यालखानाका हाकिमको दृष्‍टिमा तिनलाई निगाह प्राप्‍त गराइदिनुभयो। यसकारण झ्यालखानाका हाकिमले योसेफलाई झ्यालखानामा राखिएका सबैमाथि रेखदेख गर्ने जिम्मा दिए; अनि तिनलाई त्यहाँ गरिने सबै कुराहरूका जिम्मेवारी सुम्पिदिए। ती हाकिमले योसेफको जिम्मामा रहेका कुनै कुरामाथि पनि चिन्ता गर्दैनथिए; किनकि याहवेह योसेफसित हुनुहुन्थ्यो, र तिनले गरेका सबै कुरामा उहाँले तिनलाई सफलता दिनुभयो।

उत्पत्ति 39 पढ्नुहोस्