YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 39:20-23

उत्‍पत्ति 39:20-23 सरल नेपाली

योसेफलाई पक्रेर तिनले राजाका कैदीहरू थुन्‍ने झ्‍यालखानमा हालिदिए। योसेफ झ्‍यालखानमा थुनुवा भएर बसे। तर परमप्रभु योसेफसँग हुनुहुन्‍थ्‍यो। उहाँले तिनलाई आशिष् दिनुभयो र झ्‍यालखानको अधिकृत उनीसित प्रसन्‍न भए। तिनले योसेफलाई अरू जम्‍मै कैदीहरूमाथि नायक खटाए र झ्‍यालखानमा हुने सबै काम उनको जिम्‍मा लाइदिए। योसेफको खटनमा हुने कामको लागि अधिकृतले केही फिक्री गर्नुपर्दैनथ्‍यो किनभने परमप्रभु योसेफसित हुनुहुन्‍थ्‍यो र उनले हात हालेको सबै काममा उनलाई सफल तुल्‍याउनुहुन्‍थ्‍यो।

उत्‍पत्ति 39 पढ्नुहोस्