YouVersion लोगो
खोज आइकन

उत्पत्ति 32:22-31

उत्पत्ति 32:22-31 NCV

त्यस रात याकोब उठे, र आफ्ना दुई पत्नी, दुई सेविका अनि एघार छोरालाई लिएर यब्बोक नदी तरे। याकोबले तिनीहरूलाई नदीपारि पठाए, त्यसपछि तिनले आफूसित भएका अरू सबै कुराहरू पनि पठाइदिए। यसरी याकोब एकलै छोडिए; अनि एक जना मानिसले तिनीसित बिहान उज्यालो नभएसम्म कुश्ती लडिरहे। जब आफूले याकोबलाई जित्न नसकेको ती मानिसले थाहा पाए, तब तिनले याकोबको कम्मरको जोर्नी छोए; अनि त्यस मानिससित कुश्ती खेल्दा-खेल्दै याकोबको कम्मरको जोर्नी खुस्क्यो। तब ती मानिसले भने, “उज्यालो हुन लागेको छ, अब मलाई जान देऊ।” तर याकोबले जवाफ दिए, “अहँ हुँदैन, मलाई आशिष् नदिएसम्म म तपाईंलाई जान दिनेछैनँ।” तब ती मानिसले तिनलाई सोधे, “तिम्रो नाम के हो?” तिनले जवाफ दिए, “याकोब।” तब ती मानिसले भने, “तिम्रो नाम अब उसो याकोब होइन, तर इस्राएल हुनेछ; किनकि तिमीले परमेश्‍वर र मानिसहरूसँग लडाइँ लडेर जितेका छौ।” तब याकोबले बिन्ती गरे, “दया गरी मलाई तपाईंको नाम के हो, बताउनुहोस्।” तर तिनले जवाफ दिए, “तिमी किन मेरो नाम सोध्छौ?” तब ती मानिसले त्यहीँ नै याकोबलाई आशिष् दिए। यसकारण याकोबले त्यस ठाउँलाई यसो भनेर पनीएल नाम राखे, “किनकि मैले परमेश्‍वरलाई आमने-सामने देखेको छु, र पनि मेरो ज्यान बाँच्यो।” तिनी पनीएलबाट जाँदा सूर्योदय भइसकेको थियो, र आफ्नो कम्मरको जोर्नी खुस्किएको कारण तिनी खोच्याउँदै हिँड्न थाले।

उत्पत्ति 32 पढ्नुहोस्