त्यही रात याकूब उठे र आफ्ना दुई स्वास्नी, दुई दासी र एघार जना छोरा-छोरीहरूलाई लिई यब्बोक नदी पार गरे। तिनीहरू पार भएपछि उनले आफ्ना चीजबीजहरू पनि पार गराए। उनी आफैंचाहिँ एक्लै त्यहीँ बसिरहे। तब एक जना मानिस आएर बिहान हुने बेलासम्म उनीसित कुस्ती लडे। त्यस मानिसले आफूले जित्न नसकेको देखेर याकूबको कम्मरमा हिर्काए र उनको हाडको जोर्नी फुस्काइदिए। तब त्यस मानिसले भने, “मलाई जान देऊ, बिहान हुन लाग्यो।” याकूबले उत्तर दिए, “मलाई आशीर्वाद नदेउञ्जेल म तपाईंलाई जान दिन्नँ।” “तिम्रो नाम के हो?” त्यस मानिसले सोधे। “याकूब!” उनले उत्तर दिए। त्यस मानिसले भने, “अब उसो तिम्रो नाम याकूब होइन। तिमीले परमेश्वर र मानिसहरूसित लडाइँ गरेर जितेका हौ। यसकारण तिम्रो नाम ‘इस्राएल’ हुनेछ।” याकूबले भने, “मलाई तपाईंको नाम बताउनुहोस्।” तर उनले उत्तर दिए, “तिमीलाई मेरो नाम किन चाहियो?” तब उनले याकूबलाई आशीर्वाद दिए। याकूबले भने, “मैले परमेश्वरलाई मुखामुख देखें र पनि बाँचेकै छु।” उनले त्यस ठाउँको नाम पनीएल राखे। याकूब पनीएलबाट हिँड्दा घाम झुल्क्यो। कम्मरको गेडी फुस्किएकोले उनी खोच्याउँदै हिँडे।
उत्पत्ति 32 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 32:22-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू