YouVersion लोगो
खोज आइकन

उत्पत्ति 32:22-28

उत्पत्ति 32:22-28 NCV

त्यस रात याकोब उठे, र आफ्ना दुई पत्नी, दुई सेविका अनि एघार छोरालाई लिएर यब्बोक नदी तरे। याकोबले तिनीहरूलाई नदीपारि पठाए, त्यसपछि तिनले आफूसित भएका अरू सबै कुराहरू पनि पठाइदिए। यसरी याकोब एकलै छोडिए; अनि एक जना मानिसले तिनीसित बिहान उज्यालो नभएसम्म कुश्ती लडिरहे। जब आफूले याकोबलाई जित्न नसकेको ती मानिसले थाहा पाए, तब तिनले याकोबको कम्मरको जोर्नी छोए; अनि त्यस मानिससित कुश्ती खेल्दा-खेल्दै याकोबको कम्मरको जोर्नी खुस्क्यो। तब ती मानिसले भने, “उज्यालो हुन लागेको छ, अब मलाई जान देऊ।” तर याकोबले जवाफ दिए, “अहँ हुँदैन, मलाई आशिष् नदिएसम्म म तपाईंलाई जान दिनेछैनँ।” तब ती मानिसले तिनलाई सोधे, “तिम्रो नाम के हो?” तिनले जवाफ दिए, “याकोब।” तब ती मानिसले भने, “तिम्रो नाम अब उसो याकोब होइन, तर इस्राएल हुनेछ; किनकि तिमीले परमेश्‍वर र मानिसहरूसँग लडाइँ लडेर जितेका छौ।”

उत्पत्ति 32 पढ्नुहोस्