त्यसपछि राती उठेर उनले त्यो ठाउँ छोड्यो। उसले आफूसँग दुइ पत्नी, दुइ कमारी अनि आफ्नो एघारजना छोराहरूलाई लिएर हिंड्यो। घाटमा पुगेर याकूबले यब्बोक नदी पार गर्यो। उसले आफ्नो परिवारलाई नदी पारी पठायो अनि ऊसँग भएका प्रत्येक चीज नदी पारी पठायो। याकूब नदी तर्ने अन्तिम मानिस थियो। तर नदी तर्नुअघि जब याकूब एक्लै थियो, एकजना मानिस आयो अनि ऊसित कुश्ती लड्न थाल्यो। त्यस मानिसले घाम झुल्किञ्जेलसम्म कुश्ती लड्यो। त्यस मानिसले थाहा पायो ऊ याकूबलाई जित्नु योग्य छैन। यसैकारण उनले याकूबको नित्मबको खोपिल्टामा हिर्कायो। याकूबको नितम्ब जोर्नीबाट फूस्कियो जब ऊ त्यस मानिससँग कुश्ती लड़दै थियो। तब त्यस मानिसले याकूबलाई भने, “मलाई जान देऊ। सूर्योदय भइरहेको छ।” तर याकूबले भन्यो, “जबसम्म तिमी मलाई आशीर्वाद दिंदैनौ म तिमीलाई जान दिने छैन।” अनि त्यस मानिसले उसलाई भन्यो, “तिम्रो नाउँ के हो?” अनि याकूबले उत्तर दियो, “मेरो नाउँ याकूब हो।” तब त्यो मानिसले भने, “तिम्रो नाउँ याकूब रहने छैन। अब तिम्रो नाउँ ‘इस्राएल’ हुनेछ। म तिमीलाई यो नाउँ दिन्छु किनभने तिमीले परमेश्वर र मानिससित युद्ध गरेका छौ अनि तिनीहरू तिमीलाई जित्न अयोग्य भए।”
उत्पत्तिको पुस्तक 32 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्तिको पुस्तक 32:22-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू