YouVersion लोगो
खोज आइकन

उत्पत्ति 23:3-6

उत्पत्ति 23:3-6 NCV

अब्राहाम आफ्नी पत्नीको शव भएको ठाउँबाट उठे, र हित्तीहरूलाई भने, “म तपाईंहरूको बीचमा एक विदेशी र प्रवासी हुँ। तपाईंहरूको सानो टुक्रो जमिन चिहानको लागि मलाई बेच्नुहोस्, ताकि मेरो मृतकलाई गाड्न सकूँ।” तब हित्तीहरूले अब्राहामलाई भने, “हे प्रभु, हाम्रो कुरा सुन्‍नुहोस्! तपाईं हाम्रो बीचमा परमेश्‍वरका राजकुमार हुनुहुन्छ। त्यसकारण हाम्रा चिहानहरूमध्ये सबैभन्दा असलचाहिँ छानेर त्यहीँ आफ्नो मृतकलाई गाड्नुहोस्। हाम्रो चिहानमा तपाईंको मृतकलाई गाड्न दिन हामी कसैले पनि इन्कार गर्नेछैनौँ।”

उत्पत्ति 23 पढ्नुहोस्