YouVersion लोगो
खोज आइकन

उत्पत्ति 2:1-5

उत्पत्ति 2:1-5 NCV

यसरी आकाशमण्डल, पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसकिए। परमेश्‍वरले सातौँ दिन हुँदासम्म आफूले गरिरहनुभएका काम सक्नुभयो; अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो। अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो; किनकि यही दिन नै उहाँले सृष्‍टि गर्नुभएका सम्पूर्ण कामबाट विश्राम लिनुभयो। याहवेह परमेश्‍वरले सृष्‍टि गर्नुभएको आकाशमण्डल र पृथ्वीको विवरण यही नै हो। जब याहवेह परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो, त्यस बेला पृथ्वीमा कुनै वनस्पति र कुनै बोटबिरुवा देखा परेका थिएनन्; किनकि याहवेह परमेश्‍वरले पृथ्वीमा पानी पठाउनुभएको थिएन र जमिनमा काम गर्ने कुनै मानिस थिएन।

उत्पत्ति 2 पढ्नुहोस्