म तिमीहरूलाई के भनिरहेको छु भने, जबसम्म उत्तराधिकारी नाबालक रहन्छ, ऊ सबै थोकको मालिक भए तापनि ऊ कुनै सेवकभन्दा फरक हुँदैन। तर उसको बुबाले तोकेको समयसम्म ऊ अभिभावक र संरक्षकको अधीनतामा रहन्छ। त्यसै गरी हामीहरू पनि जब नाबालकै थियौं, हामी संसारका आधारभूत सिद्धान्तहरूको दासत्वमा थियौं। तर जब तोकिएको पूर्ण समय आयो, परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीबाट जन्मनुभयो र व्यवस्थाको अधीनतामा जन्मनुभयो। व्यवस्थाका अधीनतामा हुनेहरूलाई मोल तिरेर छुटाउन, अनि हामीलाई पुत्रको रूपमा ग्रहण गर्नलाई उहाँ पठाइनुभयो। किनकि तिमीहरू उहाँका पुत्रहरू हौ, परमेश्वरले आफ्नो पुत्रको आत्मा हाम्रो हृदयमा पठाउनुभयो। त्यही आत्माले उहाँलाई, “ अब्बा, पिता” भनी बोलाउनुहुन्छ। यसकारण अब उप्रान्त तिमी सेवक होइनौ, तर परमेश्वरका पुत्र हौ; अनि तिमी उहाँको पुत्र हौ भने ता परमेश्वरले तिमीलाई उत्तराधिकारी पनि बनाउनुभएको हो।
गलाती 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 4:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू