YouVersion लोगो
खोज आइकन

गलाती 4:1-7

गलाती 4:1-7 NNRV

मेरो भनाइको अर्थ यो हो, उत्तराधिकारी जबसम्‍म बालकै छ, ऊ सबै थोकको मालिक भए तापनि कमाराभन्‍दा फरक हुँदैन, तर बाबुले ठहराएको समयसम्‍म ऊ अभिभावक र संरक्षकको अधीनमा हुन्‍छ। हामी पनि यसरी नै बालक छउञ्‍जेल संसारका दैवी शक्तिहरूको दासत्‍वमुनि थियौं, तर समयको पूर्णतामा परमेश्‍वरले आफ्‍ना पुत्रलाई पठाउनुभयो। उहाँ एउटी स्‍त्रीबाट जन्‍मनुभयो, तथा व्‍यवस्‍थाको अधीनमा जन्‍मनुभयो। व्‍यवस्‍थाको अधीनमा रहनेहरूलाई मोल तिरेर छुटाउनलाई उहाँ पठाइनुभयो, ताकि हामी पुत्रको पूरा हक प्राप्‍त गर्न सकौं। तिमीहरू पुत्र भएका हुनाले परमेश्‍वरले आफ्‍ना पुत्रको आत्‍मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले “हे अब्‍बा, पिता!” भनेर पुकार्नुहुन्‍छ। यसैकारण, परमेश्‍वरद्वारा तिमी अब उप्रान्‍त दास होइनौ, तर पुत्र हौ, र पुत्र हौ भनेता उत्तराधिकारी पनि हौ।