YouVersion लोगो
खोज आइकन

गलाती 3:15-20

गलाती 3:15-20 NCV

दाजुभाइ-दिदीबहिनीहरूहो, म एउटा प्रचलित उदाहरण दिनेछु। जब मानिसको सहमतिमा करारपत्र पक्‍का भएको छ भने कसैले त्यसलाई रद्द गर्न सक्दैन, न ता त्यसमा केही थप्न सक्छ, त्यसरी नै व्यवस्था र प्रतिज्ञामा हुन्छ। अब्राहाम र उनका सन्तानहरूलाई प्रतिज्ञाहरू गरिएको थियो। धर्मशास्त्रले भन्दैन कि, “अनि उनका सन्तानहरूलाई,” मतलब धेरै मानिसहरूलाई भनेको छैन, तर “तिम्रो सन्तानलाई” भनिएको छ, जसको अर्थ एउटा व्यक्‍ति, जो ख्रीष्‍ट हुनुहुन्छ। मेरो मतलब यो हो: चार सय तीस वर्षपछि ल्याइएको व्यवस्थाले परमेश्‍वरले पहिल्यै स्थापित गर्नुभएको करारलाई भङ्ग गर्दैन र प्रतिज्ञालाई रद्द तुल्याउन सक्दैन। यदि उत्तराधिकार व्यवस्थामा आधारित भए त यो प्रतिज्ञामा आधारित हुँदैन; तर परमेश्‍वरले उहाँको अनुग्रहमा एक प्रतिज्ञाद्वारा अब्राहामलाई उत्तराधिकार दिनुभयो। त्यसो हो भने व्यवस्था दिइनुको उद्देश्य के थियो त? यो व्यवस्था अपराधको कारण दिइएको हो, यो प्रतिज्ञा जसलाई गरिएको थियो, त्यो सन्तान नआउन्जेलको लागि यो व्यवस्था स्वर्गदूतहरूद्वारा एकजना मध्यस्थकर्तालाई सुम्पिइएको थियो। एकभन्दा धेरै दल छ भने मध्यस्थकर्ता चाहिन्छ; तर परमेश्‍वर त एउटै हुनुहुन्छ।

गलाती 3 पढ्नुहोस्