YouVersion लोगो
खोज आइकन

गलाती 3:15-20

गलाती 3:15-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भाइ हो, प्रतिदिनको जीवनबाट एउटा उदाहरण लिऔं, एक चोटि पक्‍का भइसकेपछि मानिसले बनाएको इच्‍छापत्र कसैले रद्द गर्न सक्‍दैन, न त त्‍यसमा केही थप्‍न सक्‍छ। प्रतिज्ञाहरू अब्राहाम र उनको सन्‍तानलाई दिइएका थिए। धर्मशास्‍त्रले “सन्‍तानहरूलाई” भन्‍दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्‍छ। तर धर्मशास्‍त्रले “तिम्रो सन्‍तानलाई” भन्‍छ, यसले एक जना मानिसको मात्र सङ्केत दिन्‍छ, जो ख्रीष्‍ट हुनुहुन्‍छ। मेरो भनाइको अर्थ यो हो, कि चार सय तीस वर्षपछि आएको व्‍यवस्‍थाले त्‍यसभन्‍दा अघि परमेश्‍वरले पक्‍का गर्नुभएको करारलाई काट्‌दैन, नत्रता प्रतिज्ञा रद्द भइजानेथियो। किनकि उत्तराधिकार व्‍यवस्‍थाद्वारा पाइने हो भने प्रतिज्ञाद्वारा पाइने कुरै आउँदैन। तर परमेश्‍वरले प्रतिज्ञाद्वारा नै अब्राहामलाई यो दिनुभयो। तब व्‍यवस्‍थाको आवश्‍यकता किन पर्‍यो त? जुन सन्‍तानलाई प्रतिज्ञा भएको थियो, ऊ नआउञ्‍जेल अपराधको कारणले व्‍यवस्‍था थपियो। अनि एक जना मध्‍यस्‍थले स्‍वर्गदूतहरूद्वारा व्‍यवस्‍थाको स्‍थापना गर्‍यो। एउटैको मात्र मध्‍यस्‍थ हुँदैन, तर परमेश्‍वर एउटै हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
गलाती 3 पढ्नुहोस्

गलाती 3:15-20 नेपाली समकालीन संस्करण (NCV)

दाजुभाइ-दिदीबहिनीहरूहो, म एउटा प्रचलित उदाहरण दिनेछु। जब मानिसको सहमतिमा करारपत्र पक्‍का भएको छ भने कसैले त्यसलाई रद्द गर्न सक्दैन, न ता त्यसमा केही थप्न सक्छ, त्यसरी नै व्यवस्था र प्रतिज्ञामा हुन्छ। अब्राहाम र उनका सन्तानहरूलाई प्रतिज्ञाहरू गरिएको थियो। धर्मशास्त्रले भन्दैन कि, “अनि उनका सन्तानहरूलाई,” मतलब धेरै मानिसहरूलाई भनेको छैन, तर “तिम्रो सन्तानलाई” भनिएको छ, जसको अर्थ एउटा व्यक्‍ति, जो ख्रीष्‍ट हुनुहुन्छ। मेरो मतलब यो हो: चार सय तीस वर्षपछि ल्याइएको व्यवस्थाले परमेश्‍वरले पहिल्यै स्थापित गर्नुभएको करारलाई भङ्ग गर्दैन र प्रतिज्ञालाई रद्द तुल्याउन सक्दैन। यदि उत्तराधिकार व्यवस्थामा आधारित भए त यो प्रतिज्ञामा आधारित हुँदैन; तर परमेश्‍वरले उहाँको अनुग्रहमा एक प्रतिज्ञाद्वारा अब्राहामलाई उत्तराधिकार दिनुभयो। त्यसो हो भने व्यवस्था दिइनुको उद्देश्य के थियो त? यो व्यवस्था अपराधको कारण दिइएको हो, यो प्रतिज्ञा जसलाई गरिएको थियो, त्यो सन्तान नआउन्जेलको लागि यो व्यवस्था स्वर्गदूतहरूद्वारा एकजना मध्यस्थकर्तालाई सुम्पिइएको थियो। एकभन्दा धेरै दल छ भने मध्यस्थकर्ता चाहिन्छ; तर परमेश्‍वर त एउटै हुनुहुन्छ।

शेयर गर्नुहोस्
गलाती 3 पढ्नुहोस्

गलाती 3:15-20 पवित्र बाइबल (NERV)

दाज्यू-भाइ दिदी-बहिनीहरू हो, म एउटा उदाहरण दिन्छुः जब कसैले इच्छा पत्र लेख्छ र त्यो अधिकृत हुन्छ, तब कसैले त्यसलाई पन्छाउन सक्दैन अथवा त्यसमा केही थप्न नै सक्छ। परमेश्वरले अब्राहाम “र उनका सन्तानलाई” प्रतिज्ञा गरेका थिए। परमेश्वरले “अनि तिम्रा सन्तानहरूलाई” भन्नु भएन, जसको अर्थ एक जना मानिस ख्रीष्ट मात्र हुन्छ। मेरो भन्नुको मतलबः परमेश्वरले करार बनिनु भन्दा धेरै वर्ष अघि नै यो करार अब्राहामसँग गरेका थिए। व्यवस्थात चारसय तीस बर्षपछि मात्र बनिएको हो। यसैले व्यवस्थाले करार रद्द गराउन सक्दैन र अब्राहामलाई परमेश्वरले दिएका प्रतिज्ञालाई बदल्न सक्दैन। करारलाई मान्दा परमेश्वरले गरेको प्रतिज्ञा पाइन्छ र? पाइँदैन। यदि व्यवस्था मान्दा ती वस्तुहरू हामीले पाइने भए त्यो प्रतिज्ञाबाट होइन। तर अब्राहामको पक्षमा आफ्नो प्रतिज्ञाको आधारमा उपहार स्वरूप परमेश्वरले उनलाई आशिष दिनु भयो। त्यसो हो भने व्यवस्था किन आवश्यक पर्यौ? मानिसहरूले भूल गर्छन् भन्ने देखाउनलाई व्यवस्था दिइएको थियो। अब्राहामको खास सन्तान नआउन्जेल सम्म त्यो व्यवस्था चलिरह्यो। परमेश्वरको प्रतिज्ञा यिनै सन्तानको विषयमा थियो। व्यवस्था स्वर्गदूतद्वारा दिएको थियो। स्वर्गदूतहरूले मानिसहरूलाई व्यवस्था दिंदा मोशालाई मध्यस्थ राखे। तर यो एक पक्षीय भए मध्यस्थ आवश्यक पर्दैन अनि परमेश्वर केवल एउटै हुनु हुन्थ्यो।

शेयर गर्नुहोस्
गलाती 3 पढ्नुहोस्

गलाती 3:15-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दाजुभाइहरू, उदाहरणको लागि मान्‍छेकै कुरा गरौं। दुई जना मानिसले पनि कुनै कुरामा सहीछाप गरे भने पछि उसले कुनै कुरो पनि थप्‍न वा घटाउन सक्‍दैन। यहाँ पनि परमेश्‍वरले अब्राहामलाई एउटा मात्रै सन्‍तानको प्रतिज्ञा गर्नुभयो। धेरै जना होइन, एउटा मात्रै भनिएको छ। एउटा मात्रै सन्‍तान भनेको ख्रीष्‍ट हुनुहुन्‍छ। मैले भन्‍न खोजेको कुरा यो हो, आफूले प्रतिज्ञा गरेको कुरामा परमेश्‍वरले सहीछाप गरिसक्‍नुभएको छ। तर चार सय तीस वर्षपछि आएको व्यवस्थाले सही छापलाई मेटेर उहाँको प्रतिज्ञा खारेज गर्न सक्‍दैन। परमेश्‍वरले दिन्‍छु भनेको हक व्यवस्था पालन गरेर पाइने हो भने त त्‍यो प्रतिज्ञा नै भएन। तर यो त परमेश्‍वरले प्रतिज्ञा गरेर अब्राहामलाई दिइसक्‍नुभएको छ। त्‍यसो भए व्यवस्था किन दिइयो त? पाप चिनाउन दिइयो अनि प्रतिज्ञा गरेको अब्राहामका सन्‍तान नआउञ्‍जेल यसको काम पर्‍यो। व्यवस्था स्‍वर्गदूतहरूले मध्‍यस्‍थद्वारा दिए। मध्‍यस्‍थ हुन दुई पक्ष चाहिन्‍छ तर परमेश्‍वर एक हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
गलाती 3 पढ्नुहोस्