तब तँ आफ्नो देब्रेपट्टि पल्टेर सुत्, र इस्राएलका मानिसहरूका पापको दोष आफूमाथि बोक। जति दिनसम्म तँ कोल्टे परेर सुत्छस्, त्यति दिन नै तैँले तिनीहरूका पाप आफूमाथि बोक्नुपर्छ। मैले तँलाई तिनीहरूका पापका वर्षका संख्याकै बराबर एक वर्षको एक दिन गरेर दिनहरू तोकिदिएको छु। यसकारण तैँले तीन सय नब्बे दिनसम्म इस्राएलको घरानाको पापको दण्ड भोग्नुपर्नेछ। तैँले त्यसो गरिसकेपछि दाहिनेपट्टि फेरि तँ कोल्टे परेर सुत्, र यहूदाका मानिसहरूका पाप आफूमाथि बोक्। मैले तँलाई एक वर्षको एक दिन गरेर चालीस दिन तोकिदिएको छु। तेरो आफ्नो अनुहार यरूशलेमको घेराबन्दीतिर फर्काएर राख्, र खाली हातसित यरूशलेमको विरुद्धमा अगमवाणी गर्। म तँलाई डोरीले बाँधिदिनेछु, र तैँले आफ्नो घेराबन्दीका दिनहरू पूरा नगरेसम्म तँ एकापट्टिबाट अर्कोपट्टि फर्कन सक्नेछैनस्।
इजकिएल 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 4:4-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू