“त्यसपछि, तिम्रो देब्रेपट्टि ढल्क। तिमीले इस्राएलीहरूको पापहरूका तिम्रो दण्ड कार्यद्वारा अवश्यै देखाउनु पर्छ। तिनीहरूको पापहरूको निम्ति दण्ड जति बर्ष सम्म दण्ड भोग्नु पर्ने छ त्यति दिन सम्म तँ देब्रेपट्टि कोल्टे परेर ढल्की रहनु पर्छ। तिमीले यस्तो प्रकारले इस्राएली मानिसहरूको पाप 390 दिनसम्म सहनु पर्छ। यस प्रकार म तिमीलाई बताउँदैछु इस्राएल एक दिन एकबर्षको बराबर लामो समयसम्म दण्डीत हुनेछ। “तब तिमी तिम्रो दाहिनेपट्टि फर्किएर चालिस दिन सम्म लडिरहने छौ। यस्तै प्रकारले यहूदाको पापको सजाय चालिस दिन सम्म तिमीले देखाउँनेछौ। एक दिन बराबर एक बर्ष हुन्छ। म तिमीलाई बताउँदैछु कि कहिले सम्म यहूदा दण्डीत हुनेछ।” परमेश्वरले फेरि भन्नुभयो, “अब आफ्नो पाखुरा घुमाऊ अनि आफ्नो हातलाई ईंटामाथि राख। यस्तो देखाउ मानौ तिमीले यरूशलेम शहरमाथि आक्रमण गरिरहेछौ। यो देखाउनको निम्ति गर कि तिमी मेरो अगमवक्ताको रूपमा मानिसहरूसँग बात गरिरहेका छौ। हेर, म तिमीलाई डोरीले बाँधिराख्नेछु। जब सम्म घेराको दिन समाप्त हुँदैन तिमी यता उता फर्कन सक्ने छैनौ।”
इजकिएलको पुस्तक 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएलको पुस्तक 4:4-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू