फेरि याहवेहले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘याहवेह, हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ: “मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्।” तैँले तिनीहरूलाई जान नदिएर रोकेर राखिस् भने, याहवेहको हातले तेरा खेतमा भएका पशुहरू—तेरा घोडाहरू, गधाहरू, ऊँटहरू अनि तेरा गाईबस्तुहरू र भेडाबाख्राहरूमाथि डरलाग्दो महामारी ल्याउनेछ। तर याहवेहले इस्राएलका गाईबस्तुहरू र इजिप्टका गाईबस्तुहरूका बीचमा भिन्नता ल्याउनुहुनेछ; ताकि इस्राएलीहरूका कुनै पनि पशु नमरोस्।’ ” याहवेहले एउटा निश्चित समय ठहर्याएर भन्नुभयो, “भोलि यो कुरा याहवेहले यस देशमा गर्नुहुनेछ।” अनि भोलिपल्ट याहवेहले त्यो कुरा गर्नुभयो: इजिप्टका सबै गाईबस्तु मरे, तर इस्राएलीहरूका एउटै पनि पशु मरेनन्। फारोले यो जाँच गर्न मानिसहरू पठाए; अनि इस्राएलीहरूका एउटै पनि पशु नमरेको थाहा पाए। तर पनि तिनको हृदय कठोर भयो, र तिनले मानिसहरूलाई जान दिएनन्।
प्रस्थान 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 9:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू