तब परमप्रभुले मोशालाई फिरऊनकहाँ गएर यसो भन, “परमप्रभु, हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जान देऊ।’ यदि मेरो मानिसहरूलाई जान दिएनौ र रोकी राख्यौ भने, तब परमप्रभुले आफ्नो शक्ति तिम्रा खेतका पशुहरूमाथि प्रयोग गर्नुहुनेछ। तिम्रा सबै घोडाहरू, गधाहरू, ऊँटहरू, गाई वस्तुहरू अनि भेंडाहरूमाथि भयानक रोगले ग्रस्त हुनेछन्। परमप्रभुले इस्राएलीहरूको र मिश्रीहरूका पशुहरूलाई भिन्दा भिन्दै व्यवहार गर्नु हुनेछ। इस्राएलीहरूका कुनै पशु मर्ने छैनन्। यस्तो अनिष्ट हुने समय परमप्रभुले तोक्नु भएको छ। परमप्रभुले यस्तो विपत्ति यस भूमिमा भोलि ल्याउनु हुनेछ।” परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यसै गर्नु भयो। अर्को दिन बिहान मिश्रका सबै पशुहरू मरे। तर इस्राएलीहरूका एउटा पनि पशु मरेनन्। फिरऊनले आफ्नो मानिस इस्राएलीहरूका कुनै पशु मरे कि मरेन पत्तो लगाउन पठायो। तर इस्राएलीहरूका कुनै पशु मरेनन्। फिरऊन अट्टेरी थियो इस्राएली मानिसहरूलाई उसले जानु दिएन।
प्रस्थानको पुस्तक 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थानको पुस्तक 9:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू