YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 9:1-7

प्रस्‍थान 9:1-7 सरल नेपाली

परमप्रभुले मोशालाई भन्‍नुभयो, “राजाकहाँ जा र भन्, परमप्रभु हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘मेरा प्रजालाई जान दे र तिनीहरूले मेरो भक्ति गरून्। तैँले फेरि तिनीहरूलाई जान दिइनस्‌ भने म तेरा सबै पशुहरू: घोडा, गधा, ऊँट, गाई-गोरु र भेडाबाख्राहरूमाथि डरलाग्‍दो रुढि पठाएर तँलाई दण्‍ड दिनेछु। इस्राएलीहरूका पशुलाई मिश्रीहरूका पशुदेखि म अलग गर्नेछु र इस्राएलीहरूका पशु मर्नेछैनन्। म परमप्रभुले भोलि यो काम गर्नलाई मैले समय तोकेको छु’।” भोलिपल्‍ट परमप्रभुले आफूले भनेअनुसार गर्नुभयो र मिश्रीहरूका सबै पशुहरू मरे। इस्राएलीहरूका पशु एउटै पनि मरेनन्‌। राजाले के भयो भनी सोधे र इस्राएलीहरूको एउटै पशु पनि मरेन भनी कसैले उनलाई भन्‍यो। तर राजाले आफ्‍नो मन कठोर पारे र ती मानिसहरूलाई जान दिएनन्।

प्रस्‍थान 9 पढ्नुहोस्