YouVersion लोगो
खोज आइकन

प्रस्थान 3:10-14

प्रस्थान 3:10-14 NCV

यसकारण अब जा। म मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउन तँलाई फारोकहाँ पठाउँदैछु।” तर मोशाले परमेश्‍वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म को हुँ र?” तब परमेश्‍वरले भन्‍नुभयो, “म तेरो साथमा हुनेछु। तँलाई पठाउने म नै हुँ भनी देखाउने अद्‌भुत चिन्ह यो हुनेछ: जब तैँले ती मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनेछस्, तब तिमीहरूले यस पर्वतमा परमेश्‍वरको आराधना गर्नेछौ।” मोशाले परमेश्‍वरलाई भने, “यदि मैले गएर इस्राएलीहरूलाई ‘तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो’ भनुँला, र तिनीहरूले मलाई ‘उहाँको नाम के हो?’ भनी सोध्लान्, तब म तिनीहरूलाई त्यस बेला के भनूँ?” परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ, जो म हुँ। तैँले इस्राएलीहरूलाई भन्‍नू: ‘म हुँ भन्‍नेले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ ”

प्रस्थान 3 पढ्नुहोस्