YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 3:10-14

प्रस्‍थान 3:10-14 NNRV

यसकारण अब जा, मेरा प्रजा, अर्थात्‌ इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्‍याउन म तँलाई फारोकहाँ पठाउँदैछु।” तर मोशाले परमेश्‍वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट ल्‍याउन सक्‍ने म को हुँ र?” अनि परमेश्‍वरले भन्‍नुभयो, “म तँसित हुनेछु, र मैले तँलाई पठाएको हुँ भन्‍ने कुराको चिन्‍ह तँलाई यो हुनेछ: जब तैंले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्‍याउनेछस्, तब तिमीहरूले यही पर्वतमा परमेश्‍वरको आराधना गर्नेछौ।” मोशाले परमेश्‍वरलाई भने, “हेर्नुहोस्, जब म इस्राएलीहरूकहाँ गएर तिनीहरूलाई भन्‍नेछु, ‘तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो,’ तब तिनीहरूले ‘उहाँको नाउँ के हो त?’ भनेर सोधे भने, मैले तिनीहरूलाई के भन्‍ने?” तब परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ जो म हुँ।” फेरि उहाँले भन्‍नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्‍नू, “म हुँ” भन्‍नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो।