अनि मोशाले यहोशूलाई भने, “हाम्रा मानिसहरूमध्ये केही मानिसलाई चुन र अमालेकीहरूसित लडाइँ गर। भोलि म परमेश्वरको लहुरो हातमा लिएर पहाडको टाकुरामा उभिनेछु।” यसकारण मोशाले आदेश गरेझैँ यहोशूले अमालेकीहरूसित युद्ध गरे; मोशा, हारून र हूरचाहिँ पहाडको टाकुरामा गए। मोशाले आफ्ना हातहरू उचालिराख्दा इस्राएलीहरूले जित्थे, तर जब तिनले आफ्ना हातहरू तल झार्थे, तब अमालेकीहरूले जित्थे। जब मोशाका हातहरू थाके, तब तिनीहरूले एउटा ढुङ्गा लिएर त्यसलाई तिनको मुनि राखिदिए, र तिनी त्यसमाथि बसे। हारून र हूरले सूर्यास्तसम्म तिनका हातहरू स्थिर भइरहून् भनेर एउटाले एकापट्टि र अर्काले अर्र्कापट्टि तिनका हातहरू थामिराखे। यसरी यहोशूले तरवारद्वारा अमालेकीहरूका सेनालाई पराजित गरे।
प्रस्थान 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 17:9-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू