YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 17:9-13

प्रस्‍थान 17:9-13 NNRV

अनि मोशाले यहोशूलाई भने, “हाम्रा निम्‍ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ। भोलि परमप्रभुको लहुरो मेरा हातमा लिएर म डाँड़ाको टाकुरामा खड़ा हुनेछु।” तब मोशाले तिनलाई भनेबमोजिम यहोशूले गरे, र अमालेकीहरूका विरुद्धमा लड्‌न लागे। मोशा, हारून र हूरचाहिँ डाँड़ाको टाकुरामा गए। मोशाले आफ्‍ना हात माथि उचालिराख्‍दा इस्राएलीहरू विजयी हुन्‍थे। तर तिनले आफ्‍ना हात तल झार्दा अमालेकीहरू विजयी हुन्‍थे। जब मोशाका हात थाके, तब तिनीहरूले एउटा ढुङ्गा ल्‍याएर तिनीमुनि राखिदिए, र तिनी त्‍यसमाथि बसे। हारून र हूरले चाहिँ तिनका हात थामिराखे, एउटाले एकापट्टि र अर्काले अर्कोपट्टि। यसरी सूर्यास्‍त नहोउञ्‍जेल तिनका हात स्‍थिर रहे। अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते।