YouVersion लोगो
खोज आइकन

प्रस्थान 15:20-27

प्रस्थान 15:20-27 NCV

तब हारूनकी दिदी अगमवादिनी मिरियमले आफ्नो हातमा एउटा खैँजडी लिइन्; अनि अरू स्त्रीहरू पनि खैँजडी लिएर नाच्दै तिनको पछि-पछि लागे। मिरियमले यसरी गीत गाउन थालिन्: “याहवेहका निम्ति गाओ; किनकि उहाँ अति उच्‍च पारिनुभएको छ। घोडा र त्यसको सवार दुवैलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।” तब मोशाले इस्राएललाई लाल समुद्रबाट लगे, र तिनीहरू शूरको उजाडस्‍थानभित्र पसे। तीन दिनसम्म तिनीहरू उजाडस्थानमा पिउने पानीविना यात्रा गरे। जब तिनीहरू मारा आइपुगे, तिनीहरूले त्यहाँको पानी पिउन सकेनन्; किनकि त्यो तितो थियो। (त्यसैकारण त्यस ठाउँलाई मारा भनिन्छ।) यसकारण मानिसहरू मोशाको विरुद्धमा यसो भन्दै गनगन गर्न थाले, “हामीले के पिऔँ?” तब मोशाले याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई एउटा काठको टुक्रा देखाउनुभयो। जब तिनले त्यसलाई पानीमा फाले, तब त्यो पानी मिठो भयो। त्यहाँ याहवेहले तिनीहरूका निम्ति एउटा नियम र निर्देशन बनाउनुभयो; अनि त्यहीँ नै उहाँले तिनीहरूको जाँच लिनुभयो। उहाँले भन्‍नुभयो, “तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको कुरा ध्यानसित सुन्यौँ र उहाँको दृष्‍टिमा जे ठिक छ, त्यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ, र उहाँका सबै उर्दीहरू पालन गर्‍यौ भने मैले इजिप्टियनहरूमाथि ल्याएका रोगहरू म तिमीहरूमाथि ल्याउनेछैनँ; किनकि तिमीहरूलाई निको पार्ने याहवेह म नै हुँ।” त्यसपछि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। तिनीहरूले त्यहीँ पानीको नजिक पाल टाँगे।

प्रस्थान 15 पढ्नुहोस्