तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्त्रीहरू पनि खैँजड़ी लिएर नाच्दै तिनका पछिपछि निस्के। मिरियम यसो भन्दै गाउन लागिन्: “परमप्रभुको स्तुति गाओ, किनभने उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।” तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रबाट अगि डोराएर लगे, र तिनीहरू शूरको उजाड़-स्थानतिर लागे। उजाड़-स्थानमा हिँड्दा तीन दिनसम्म तिनीहरूले पानी पाएनन्। अनि मारा भन्ने ठाउँमा आएपछि माराको पानी तिनीहरूले खान सकेनन्, किनकि त्यो तीतो थियो। (यसैले त्यसको नाउँ मारा भयो।) यसकारण मानिसहरू “हामीले के पिउने?” भनेर मोशासित गनगनाउन लागे। तब मोशाले परमप्रभुलाई पुकारा गरे। अनि परमप्रभुले तिनलाई एउटा काठको टुक्रा देखाइदिनुभयो, र तिनले त्यो पानीमा हाल्दा पानी मीठो भयो। त्यहीँ नै परमप्रभुले तिनीहरूका निम्ति एक विधि र विधान बनाउनुभयो, र उहाँले तिनीहरूको जाँच गर्नुभयो। र उहाँले भन्नुभयो, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका कुरा ध्यानसित सुन्यौ, उहाँको दृष्टिमा जे ठीक छ सो गर्यौ, र उहाँका आज्ञाहरूमा ध्यान लगायौ, र उहाँका सबै विधिहरू मान्यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्याएको थिएँ, तीमध्ये एउटै पनि तिमीहरूमाथि ल्याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।” अनि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका बोटहरू थिए। तिनीहरूले त्यही पानीनेर पाल टाँगे।
प्रस्थान 15 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 15:20-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू