YouVersion लोगो
खोज आइकन

एस्तर 2:5-7

एस्तर 2:5-7 NCV

शूशनको राजधानीमा मोर्दकै नाम भएका एक जना यहूदी थिए, जो याईरका छोरा शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए; उनी बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैद गरेर लगिएकाहरू मध्येका एक थिए। मोर्दकैकी हदस्सा नाम भएकी एउटी बहिनी थिइन्। तिनका बुबाआमा कोही पनि थिएनन्। यसकारण मोर्दकैले नै तिनलाई हुर्काएका थिए। मोर्दकैले तिनका बुबाआमाको मृत्युपछि तिनलाई आफ्नी छोरीझैँ धर्म-पुत्री बनाएर राखेका थिए। तिनलाई एस्तर नामले पनि चिनिन्थ्यो; तिनी एउटी राम्रो जीउडाल भएकी सुन्दरी थिइन्।

एस्तर 2 पढ्नुहोस्