YouVersion लोगो
खोज आइकन

एस्‍तर 2:5-7

एस्‍तर 2:5-7 NNRV

राजधानी शूशनमा मोर्दकै नाउँका एक यहूदी थिए। उनी याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्‍यामीनको कुलका थिए, जुन कीशचाहिँ बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैदमा लगेकाहरूमध्‍ये एक थिए। मोर्दकैले आफ्‍ना काकाकी छोरी हदस्‍सा, अर्थात्‌ एस्‍तरलाई धर्मपुत्री बनाएका थिए। एस्‍तरका माता-पिता थिएनन्‌। तिनी राम्री र सुन्‍दरी थिइन्‌। तिनका माता-पिताको मृत्‍युपछि मोर्दकैले तिनलाई आफ्‍नै छोरीजस्‍तै गरी पालेका थिए।