मेरो निम्ति पनि प्रार्थना गर, जब म बोल्छु, सुसमाचारको रहस्य निर्धक्कसँग भन्नलाई मलाई शब्दहरू दिइयोस्, जसको लागि म साङ्लाहरूमा बाँधिएको एक राजदूत हुँ। मैले जसरी बोल्नुपर्ने हो, त्यसरी नै म विनाडर घोषणा गर्न सकूँ, भनी प्रार्थना गर। मेरो प्यारो भाइ र प्रभुमा विश्वासयोग्य सेवक, तुखिकसले तिमीहरूलाई सबै कुरा भन्नेछन्; र तिमीहरूले मेरा सबै अवस्थाबारे जान्नेछौ। मैले तिनलाई यही विशेष उद्देश्यले तिमीहरूकहाँ पठाउँदैछु, कि हाम्रो हालचाल कस्तो छ भनी तिमीहरूले जान्न सक र उनले तिमीहरूलाई उत्साहित गराऊन्। दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट विश्वाससहितको प्रेम र शान्ति। हाम्रा प्रभु येशू ख्रीष्टलाई अमर प्रेमले प्रेम गर्नेहरू सबैमा अनुग्रह रहोस्।
एफिसी 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 6:19-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू