YouVersion लोगो
खोज आइकन

एफिसी 5:8-21

एफिसी 5:8-21 NCV

किनकि तिमीहरू एक समय अन्धकारमा थियौ, तर अहिले प्रभुमा ज्योति भएका छौ। त्यसैले ज्योतिका सन्तानझैं जिओ। किनकि ज्योतिका फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ, अनि प्रभुलाई मनपर्ने कुरा के हो, त्यो खोज। अन्धकारका निष्फल कार्यहरूसँग सहभागी नबन, बरु तिनीहरूलाई प्रकट गरिदेओ। अनाज्ञाकारीहरूले गुप्‍तमा जे गर्छन्, त्यो भन्‍नु पनि लज्जास्पद कुरो हो। तर ज्योतिद्वारा प्रकट भएका सबै कुरा प्रष्‍टै देखिन्छ; अनि उज्यालोमा ल्याइएका सबै कुरा ज्योति बन्दछ। त्यसकारण यस्तो भनिएको छ: “हे सुतेकाहरू, जाग र मरेकाहरूबाट उठ, अनि ख्रीष्‍ट तिमीहरूमा चम्कनुहुनेछ।” यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होऊ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान् जस्तो होऊ। सबै अवसरको पूरा सदुपयोग गर, किनकि दिनहरू खराब छन्। यसकारण मूर्ख नबन, तर प्रभुको इच्छा के हो सो बुझ। दाखमद्यले नमात्तिओ, किनभने यसले तिम्रो जीवन बर्बाद गर्छ। बरु पवित्र आत्माले भरिपूर्ण होओ। भजन, स्तुतिगान र आत्मिकी गीतहरूमा एक-अर्कासँग बोल। प्रभुको निम्ति तिमीहरूको हृदयबाट गीत र सङ्गीत निकाल। हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा, सधैं सबै कुराको निम्ति परमेश्‍वर पितालाई धन्यवाद चढाओ। ख्रीष्‍टको श्रद्धाको लागि एक-अर्काको अधीनतामा बस।

एफिसी 5 पढ्नुहोस्

एफिसी 5:8-21 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति