YouVersion लोगो
खोज आइकन

एफिसी 4:26-32

एफिसी 4:26-32 NCV

“क्रोध गर, तर पाप नगर”: घाम अस्ताउनु अघि नै तिमीहरूको रिस मरोस्, र शैतानलाई कुनै मौका नदेओ। चोरी गर्नेले अब उसो चोरी नगरोस्, तर काम गरोस् कि, आफ्नै हातले केही फाइदाजनक काम गरी खाँचोमा परेकाहरूसँग बाँडचुँड गर्नलाई तिनीहरूसँग केही कुरा होस्। तिमीहरूको मुखबाट कुनै नराम्रो बोली ननिस्कोस्, तर अरूहरूको आवश्यकता अनुसार निर्माण गर्न सहायता पुग्ने र सुन्‍नेहरूलाई फाइदा हुने बोली मात्र बोल। अनि परमेश्‍वरको पवित्र आत्मालाई दुःखी नबनाओ जसद्वारा तिमी मुक्‍तिको दिनका लागि छाप लगाइएका छौ। सबै तीतोपना, क्रोध र रिस, झैझगडा र निन्दा, सबै किसिमका घृणासमेत त्यागिदेओ। एक-अर्काप्रति दयालु र कोमल मनका होओ, ख्रीष्‍टमा परमेश्‍वरले तिमीहरूलाई क्षमा गर्नुभएझैं, एक-अर्कालाई क्षमा गर।

एफिसी 4 पढ्नुहोस्