YouVersion लोगो
खोज आइकन

एफिसी 3:16-21

एफिसी 3:16-21 NCV

म यो प्रार्थना गर्दछु, कि उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्‍तिद्वारा बलवान् बनाऊन्; ताकि ख्रीष्‍ट तिमीहरूको हृदयमा विश्‍वासद्वारा वास गरून्। अनि म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरू प्रेममा जरा गाडेका र स्थापित भएका होओ कि, प्रभुका सबै सन्तहरू सँगसँगै ख्रीष्‍टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ कति छ भनी तिमीहरूले बुझ्ने शक्‍ति पाउन सक, अनि सबै समझभन्दा बाहिरको ख्रीष्‍टको प्रेम जान्‍न सक, ताकि परमेश्‍वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक। अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्‍तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ, उहाँलाई नै मण्डली र ख्रीष्‍ट येशूमा पुस्तौं-पुस्तौसम्म, सदा-सर्वदाको लागि महिमा होस्! आमेन!

एफिसी 3 पढ्नुहोस्