YouVersion लोगो
खोज आइकन

एफिसी 3:16-21

एफिसी 3:16-21 सरल नेपाली

उहाँको महान् सम्‍पत्ति र उहाँकै आत्‍माबाट तिमीहरूलाई शक्ति मिलोस् र त्‍यो शक्तिले तिमीहरूलाई भित्री जीवनमा बलियो बनाओस् भनी परमेश्‍वरलाई म प्रार्थना गर्दछु। तिमीहरूले विश्‍वास गर अनि ख्रीष्‍टले तिमीहरूको हृदयमा बास गरिरहून् भनी म प्रार्थना गर्छु। तिमीहरूले हाल्‍ने जरा र तिमीहरूको जग प्रेम नै होस् भन्‍ने म प्रार्थना गर्दछु। त्‍यसो हुँदा तिमीहरू पनि ख्रीष्‍टका पवित्र जनहरूसँगै ख्रीष्‍टको प्रेमको लम्‍बाइ, चौडाइ, उचाइ र गहिराइ कति छ, पूरासँग बुझ्‍न सक्‍नेछौ। सबै ज्ञानबुद्धिले खोज्न नसक्‍ने उहाँको प्रेमलाई तिमीहरूले बुझ अनि परमेश्‍वरको भरिपूर्णता तिमीहरूमा भरिओस्। हामीभित्र काम गर्ने शक्तिद्वारा हामीले मागेको र सोचेको भन्दा प्रशस्त मात्रामा दिन सक्‍नुहुने उनै परमेश्‍वरलाई मण्‍डली र येशू ख्रीष्‍टमा सबै युग सबै समय र सधैँभरि प्रशंसा होस्। आमेन।

एफिसी 3 पढ्नुहोस्