YouVersion लोगो
खोज आइकन

एफिसी 1:17-23

एफिसी 1:17-23 NCV

मैले यही विन्ती गरिरहेको छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा दिनुभएको होस्, ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्‍न सक। म यो प्रार्थना गर्दछु, कि तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्‍न सक। म यो पनि प्रार्थना गर्दछु, परमेश्‍वरको शक्‍तिको अतुलनीय महान्‌ता, जो उहाँमा विश्‍वास गर्ने हामीहरूका निम्ति हो, तिमीहरूले बुझ्न सक। यो त्यही शक्‍ति महान् सामर्थ्य हो जसलाई प्रयोग गरेर उहाँले ख्रीष्‍टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो र स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने हाततिर बसाल्नुभयो। अनि सबै प्रधानता र अधिकार, शक्‍ति र राज्य र यस युगमा मात्र होइन, तर आउँदो युगमा पनि सबै नाउँभन्दा माथि उहाँलाई राख्नुभयो। यसर्थ परमेश्‍वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुरामाथि शिर तुल्याइदिनुभयो, जुन मण्डली उहाँको शरीर हो, उहाँको पूर्णता हो, जसलाई उहाँले नै सबै कुराले सबै तरिकाले भरिपूर्ण पारिदिनुहुन्छ।

एफिसी 1 पढ्नुहोस्

एफिसी 1:17-23 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति