बुद्धि, पैतृक सम्पत्तिजस्तै असल चीज हो, र सूर्य देख्नेहरूलाई फाइदा हुँदछ। जसरी धन एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एक आश्रय हो; तर ज्ञानको फाइदा यही होः बुद्धिले बुद्धिमान् मानिसलाई जोगाइराख्छ। परमेश्वरले के गर्नुभयो, ती विचार गर: उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सीधा पार्न सक्छ? जब समय असल हुँदछ, खुशी होऊ; तर जब समय खराब हुँदछ, तब यस कुरामा विचार गर: ती दुवै समय परमेश्वरले नै बनाउनुभएको हो। यसकारण मानिसले आफ्नो भविष्यको बारेमा केही पत्ता लगाउन सक्दैन। मेरो यो अर्थहीन जीवनमा मैले यी दुवै कुरा देखेको छु: धर्मी आफ्नो धार्मिकतामा नष्ट भएको, र दुष्ट आफ्नो दुष्टतामा धेरै दिनसम्म बाँचेको। धेरै धर्मी नहोऊ, र धेरै बुद्धिमानी नहोऊ— किन आफैँलाई नाश गर्छौ?
उपदेशक 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 7:11-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू