YouVersion लोगो
खोज आइकन

उपदेशक 7:11-16

उपदेशक 7:11-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बुद्धि पैतृक-धनझैँ असल कुरो हो, र घामको उज्‍यालो देख्‍नेलाई यसले फाइदा गर्दछ। जसरी रुपियाँपैसा एउटा आश्रय हो, त्‍यसरी नै बुद्धि पनि एउटा आश्रय हो। तर बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान्‌ मानिसको प्राण जोगाइराख्‍छ। परमेश्‍वरले के गर्नुभएको छ, सो विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सोझो पार्न सक्‍छ र? समय राम्रो हुँदा खुशी होऊ, तर समय नराम्रो हुँदा विचार गर कि परमेश्‍वरले ती दुवै बनाउनुभएको हो। यसकारण मानिसले आफ्‍नो भविष्‍यको विषयमा केही पत्ता लाउन सक्‍दैन। धर्मी मानिस आफ्‍नो धार्मिकतामा नष्‍ट भएको र दुष्‍ट मानिसचाहिँ आफ्‍नो दुष्‍टतामा धेरै वर्षसम्‍म बाँचेको मैले मेरो अर्थहीन जीवनमा देखेको छु। धेरै धर्मात्‍मा नहोऊ, र धेरै बुद्धिमान्‌ पनि नहोऊ। तिमी किन आफैलाई नाश गर्ने?

शेयर गर्नुहोस्
उपदेशक 7 पढ्नुहोस्

उपदेशक 7:11-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

बुद्धि, पैतृक सम्पत्तिजस्तै असल चीज हो, र सूर्य देख्नेहरूलाई फाइदा हुँदछ। जसरी धन एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एक आश्रय हो; तर ज्ञानको फाइदा यही होः बुद्धिले बुद्धिमान् मानिसलाई जोगाइराख्छ। परमेश्‍वरले के गर्नुभयो, ती विचार गर: उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सीधा पार्न सक्छ? जब समय असल हुँदछ, खुशी होऊ; तर जब समय खराब हुँदछ, तब यस कुरामा विचार गर: ती दुवै समय परमेश्‍वरले नै बनाउनुभएको हो। यसकारण मानिसले आफ्नो भविष्यको बारेमा केही पत्ता लगाउन सक्दैन। मेरो यो अर्थहीन जीवनमा मैले यी दुवै कुरा देखेको छु: धर्मी आफ्नो धार्मिकतामा नष्‍ट भएको, र दुष्‍ट आफ्नो दुष्‍टतामा धेरै दिनसम्म बाँचेको। धेरै धर्मी नहोऊ, र धेरै बुद्धिमानी नहोऊ— किन आफैँलाई नाश गर्छौ?

शेयर गर्नुहोस्
उपदेशक 7 पढ्नुहोस्

उपदेशक 7:11-17 पवित्र बाइबल (NERV)

जसरी धनी हुनु राम्रो हो त्यसरी नै ज्ञान हुनु पनि राम्रो हो। विवेक ती जो कोही जीउनेहरूको निम्ति श्रेष्ठता हो। धनी हुनु भन्दा ज्ञानी हुनु राम्रो हो। जीउँदो मानिसको लागि ज्ञान लाभदायक हो। परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ। जब जीवन उत्तम छ भने त्यसबाट आनन्द लेऊ। तर जीवन कठिन छ भने याद गर परमेश्वरले हामीलाई कठिन समय पनि दिन्छन् र असल समय पनि दिन्छन्। अनि भोलि के हुन्छ त्यो कसैले जान्दैन। आफ्नो छोटो जीवनमा मैले सबैथोक देखेको छु। मैले देखेको छु राम्रा मानिस उमेरमा नै मर्छन् र मैले देखेको छु दुष्ट मानिस लामो आयु बाँच्छन्। यसकारण आफैंलाई किन मार्छौ? साह्रै राम्रो पनि नबन। साह्रै खराब पनि नबन। अनि साह्रै बुद्धिमानी पनि नबन, साह्रै मूर्ख पनि नबन। समय नपुगी किन मर्छौ?

शेयर गर्नुहोस्
उपदेशक 7 पढ्नुहोस्

उपदेशक 7:11-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जीवित रहने मानिस बुद्धिमान् हुनुपर्छ। बुद्धि पैतृक सम्‍पत्ति जत्तिकै असल हो। पैतृक सम्‍पत्तिले धनले जस्‍तै सुरक्षा दिन्‍छ, तर बुद्धिले तिम्रो जीवन जोगाउँछ। बुद्धिबाट पाइने लाभ यही हो। परमेश्‍वरको काममाथि विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरा कसले सोझो पार्न सक्‍छ? आफ्‍ना सबै कुरा ठीक छन् भने खुसी होओ तर दु:ख-कष्‍ट आउँदा यो कुरा याद राख कि सुख र दु:ख दुवै परमेश्‍वरले नै पठाउनुहुन्‍छ। फेरि पछि के हुने हो, त्‍यो कसैले जान्‍दैन। मेरो जीवन व्‍यर्थ भएको छ तर यस जीवनमा नै मैले सबै कुरा देखें। एउटा असल मानिस मर्दछ, अर्को दुष्‍ट भए पनि बाँचिरहँदछ। त्‍यसैले तिमी ज्‍यादै धर्मी वा बुद्धिमान् नहोओ, किन आफैंलाई मार्छौ?

शेयर गर्नुहोस्
उपदेशक 7 पढ्नुहोस्