YouVersion लोगो
खोज आइकन

दानिएल 6:13-18

दानिएल 6:13-18 NCV

तब तिनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देश निष्कासित भएकाहरूमध्ये एक जना दानिएलले हजुरप्रति, अथवा हजुरले लिखित रूपमा निकाल्नुभएको उर्दी पालन गरेको छैन। त्यसले अझै पनि दिनमा तीन पल्ट प्रार्थना गर्छ।” जब राजाले यो कुरा सुने, तिनी अति दुःखित भए; दानिएललाई छुटाउने सङ्कल्प गरेर सूर्यास्त नभएसम्म तिनलाई बचाउने हर किसिमको प्रयास गरिरहे। तब ती मानिसहरू एक समूह भएर राजाकहाँ गएर भने, “हे महाराजा, याद होस्, कि मादीहरू र परसीयनहरूका विधि-विधानअनुसार राजाले जारी गरेको कुनै पनि उर्दी अथवा आदेश बदली हुन सक्दैन।” यसकारण राजाले हुकुम दिए, र तिनीहरूले दानिएललाई ल्याए; अनि तिनलाई सिंहको खोरभित्र फालिदिए। अनि राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्‍वरले नै तिमीलाई बचाऊन्।” अनि एउटा ढुङ्गा ल्याइयो र सिंहको खोरको मुखमा राखियो; तब राजाले आफ्नो औँठीको छाप र उनका भारदारहरूका औँठीहरूका छाप लगाए, ताकि दानिएलको अवस्था परिवर्तन नहोस्। त्यसपछि राजा आफ्नो राजमहलमा फर्के, र केही नखाईकन र तिनीकहाँ ल्याइएका कुनै पनि मनोरञ्जनहरूमा रमाइलो नगरी रात बिताए। तिनी रातभरि नै सुत्न सकेनन्।

दानिएल 6 पढ्नुहोस्