YouVersion लोगो
खोज आइकन

दानिएल 3:1-6

दानिएल 3:1-6 NCV

राजा नबूकदनेसरले साठी क्यूबिट अग्लो र छ क्यूबिट चौडाइको एउटा सुनको मूर्ति बनाए; अनि बेबिलोन प्रान्तको दूरा भन्‍ने मैदानमा त्यसलाई खडा गरे। त्यसपछि तिनले प्रान्तका बडाहाकिम, इलाका अधिकारीहरू, राज्यपालहरू, सल्‍लाहकारहरू, कोषाध्यक्षहरू, न्यायधीशहरू, हाकिमहरू र प्रान्तका अरू सबै अधिकारीहरूलाई आफूले खडा गरेको मूर्तिको अर्पण सभामा भेला हुनलाई बोलाए। यसकारण प्रान्तका बडाहाकिमहरू, इलाका अधिकारीहरू, राज्यपालहरू, सल्‍लाहकारहरू, कोषाध्यक्षहरू, न्यायधीशहरू, हाकिमहरू र प्रान्तका सबै अधिकारीहरू राजा नबूकदनेसरले खडा गरेको मूर्तिको अर्पण सभाका निम्ति जम्मा भए, र तिनीहरू त्यस मूर्तिको सामु खडा भए। तब घोषणा गर्नेले उच्‍च सोरमा कराएर भन्यो, “हे मानिसहरू, जाति-जातिहरू र विभिन्‍न भाषा बोल्नेहरू, तपाईंहरूलाई यो आदेश भएको छ: जुन समयमा तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, अन्य बाजा र सबै किसिमका सङ्गीत सुन्‍नुहुनेछ, तब राजा नबूकदनेसरले खडा गर्नुभएको सुनको मूर्तिको सामु घोप्टो परेर त्यसलाई दण्डवत् गर्नू। त्यस मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ।”

दानिएल 3 पढ्नुहोस्