YouVersion लोगो
खोज आइकन

दानिएल 3:1-6

दानिएल 3:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

राजा नबूकदनेसरले तीस मिटर अग्‍लो र तीन मिटर चौड़ा भएको सुनको एक मूर्ति बनाए र त्‍यसलाई बेबिलोनको प्रदेशमा स्‍थित दूरा नाम गरेको मैदानमा स्‍थापना गरे। त्‍यसपछि उनले त्‍यस मूर्ति अर्पण गर्नलाई प्रान्‍तका बड़ाहाकिम, इलाका अधिकारी, राज्‍यपाल, सल्‍लाहकार, कोषाध्‍यक्ष, उच्‍च न्‍यायाधीश, तल्‍लो अदालतका न्‍यायाधीश तथा सम्‍पूर्ण प्रान्‍तीय अधिकृतहरूलाई भेला गरे। यसकारण प्रान्‍तका बड़ाहाकिम, इलाका अधिकारी, राज्‍यपाल, सल्‍लाहकार, कोषाध्‍यक्ष, उच्‍च न्‍यायाधीश, तल्‍लो अदालतका न्‍यायाधीश तथा सम्‍पूर्ण प्रान्‍तीय अधिकृतहरू राजा नबूकदनेसरले खड़ा गरेको त्‍यस मूर्तिलाई अर्पण गर्न भेला भए र त्‍यसको अगि उभिए। तब सो कुराको घोषणा गर्नेले चर्को स्‍वरमा कराएर भन्‍यो, “हे मानिसहरू, जातिहरू र विभिन्‍न भाषा बोल्‍नेहरू, तिमीहरूलाई यो हुकुम भएको छ: तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्‍याउली-बाजा र सबै किसिमका बाजाको स्‍वर सुन्‍ने बित्तिकै राजा नबूकदनेसरले स्‍थापना गर्नुभएको सुनका मूर्तिको अगि घोप्‍टो परेर तिमीहरू सबैले दण्‍डवत्‌ गर्नुपर्छ। घोप्‍टो परेर दण्‍डवत्‌ नगर्ने जोसुकै पनि तुरुन्‍तै दन्‍किरहेको आगोको भट्टीमा फालिनेछ।”

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्

दानिएल 3:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

राजा नबूकदनेसरले साठी क्यूबिट अग्लो र छ क्यूबिट चौडाइको एउटा सुनको मूर्ति बनाए; अनि बेबिलोन प्रान्तको दूरा भन्‍ने मैदानमा त्यसलाई खडा गरे। त्यसपछि तिनले प्रान्तका बडाहाकिम, इलाका अधिकारीहरू, राज्यपालहरू, सल्‍लाहकारहरू, कोषाध्यक्षहरू, न्यायधीशहरू, हाकिमहरू र प्रान्तका अरू सबै अधिकारीहरूलाई आफूले खडा गरेको मूर्तिको अर्पण सभामा भेला हुनलाई बोलाए। यसकारण प्रान्तका बडाहाकिमहरू, इलाका अधिकारीहरू, राज्यपालहरू, सल्‍लाहकारहरू, कोषाध्यक्षहरू, न्यायधीशहरू, हाकिमहरू र प्रान्तका सबै अधिकारीहरू राजा नबूकदनेसरले खडा गरेको मूर्तिको अर्पण सभाका निम्ति जम्मा भए, र तिनीहरू त्यस मूर्तिको सामु खडा भए। तब घोषणा गर्नेले उच्‍च सोरमा कराएर भन्यो, “हे मानिसहरू, जाति-जातिहरू र विभिन्‍न भाषा बोल्नेहरू, तपाईंहरूलाई यो आदेश भएको छ: जुन समयमा तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, अन्य बाजा र सबै किसिमका सङ्गीत सुन्‍नुहुनेछ, तब राजा नबूकदनेसरले खडा गर्नुभएको सुनको मूर्तिको सामु घोप्टो परेर त्यसलाई दण्डवत् गर्नू। त्यस मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ।”

दानिएल 3:1-6 पवित्र बाइबल (NERV)

राजा नबूकदनेस्सरले सुनको मूर्ति बनाए। मूर्ति 60 हात अग्लो अनि 6 हात चौंडा थियो। उनले त्यो मूर्ति बाबेल प्रदेशको दुरा मैदानमा स्थापित गरे। तब राजा नबूकदनेस्सरले विभिन्न प्रान्तका सबै राज्यपाल, शासक, सल्लाहकार, कोषाध्यक्ष, न्यायधीशहरू, अधिकारीहरू र प्रान्तका सबै राज-कर्मचारीहरूलाई उनले स्थापित गरेको मूर्ति समक्ष समर्पण हुन भेला हुनु भनी आदेश दिए। ती सबै प्रान्तका बडा हाकिम, न्यायधीश, राज्यपाल, सल्लाहकार, खजाञ्ची, पुलिस प्रमुख अनि सबै अरू हाकिम, राजकर्मचारीहरू भेला भए अनि राजा नबूकदनेस्सरले स्थापना गरेको मूर्तिको अघाडी उभिए। त्यसपछि प्रवक्ताहरूले ठूलो स्वरमा कराएर भने, “हे विभिन्न राष्ट्र र विभिन्न भाषाका मानिसहरू ध्यान देऊ। जब तिमीहरू विभिन्न वाध्य-यंन्त्र, नरसिंङ्गा, बाँसुरी, वीणा, साराङ्गी, सितार, मसकहरू बाजाहरू बजेको सुन्छौ, तिमीहरू सबै निहुरिनु पर्छ अनि राजा नबूकदनेस्सरले उभ्याएको सुनको मूर्तिको पूजा गर्नु पर्छ। यदि कसैले यो सुनको मूर्तिलाई निहुरेर दण्डवत् गर्दैन अनि पूजा गर्दैन भने त्यस मानिसलाई तुरन्तै दनदन बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदिइनेछ।”

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्

दानिएल 3:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

नबूकदनेसर राजाले सुनको एउटा मूर्ति बनाउन लगाए। त्‍यो सत्ताईस मिटर अग्‍लो र झण्‍डै: तीन मिटर चौडा थियो। त्‍यो मूर्ति तिनले बेबिलोन प्रान्‍तको दूरा भनिने समतल-भूमिमा खडा गरे। तब राजाले आफ्‍ना सबै भारदारहरूलाई एकसाथ भेला हुने आज्ञा गरे। उनले प्रान्‍त-प्रान्‍तका रजौटा, बडा-हाकिम, सहायक हाकिम, शासक, खजान्‍ची, न्‍यायकर्ता, फौजदार र अन्‍य सबै भारदारहरूलाई यो आज्ञा पठाए। आफूले बनाएको मूर्तिको अर्पण सभामा हाजिर हुने राजाको आज्ञा थियो। मूर्तिको अर्पणको निम्‍ति ती सबै भारदारहरू हाजिर भए र मूर्तिको अघि खडा भए। तब घोषणा गर्ने मानिसले उच्‍च सोरमा भने, “हे सबै जाति-जाति, कुल-कुलका र विभिन्‍न भाषा बोल्‍ने मानिसहरू हो, तिमीहरूले तुरही, सनई, वीणा, बाँसुरी, सारङ्गी र अन्‍य बाजाहरू बजेका सुन्‍नेछौ। ती बाजाहरूको सोर सुन्‍ने बित्तिकै नबूकदनेसर राजाले खडा गरेका सुनको मूर्तिलाई तिमीहरूले घोप्‍टो परी ढोग्‍नुपर्नेछ। त्‍यसरी घोप्‍टो परी नढोग्‍ने जतिचाहिँ त्‍यही बेला दन्‍किरहेको आगोको भट्टीमा फालिनेछ।”

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्