YouVersion लोगो
खोज आइकन

प्रेरित 8:30-35

प्रेरित 8:30-35 NCV

अनि फिलिप रथतिर दौडिँदै गए, र नजिकै पुगेपछि ती मानिसले यशैया अगमवक्ताको पुस्तक पढेको तिनले सुने। अनि फिलिपले सोधे, “तपाईंले जे पढिरहनुभएको छ, के त्यो बुझ्नुहुन्छ?” “जबसम्म यसको व्याख्या कसैले गरिदिँदैन, म कसरी बुझ्नसक्छु?” उनले जवाफ दिए। त्यसैले तिनले फिलिपलाई रथमाथि उक्लेर आफूसँगै बस्‍न आग्रह गरे। ती नपुंसक पवित्रशास्त्रको यो अंश पढिरहेका थिए: “उहाँलाई मारिन लगिएको थुमाझैँ लगियो, जसरी थुमा ऊन कत्रनेको सामु चुप लागेर बस्छ, त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नुभएन। उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो। उहाँका पुस्ताको कसले वर्णन गर्न सक्छ? किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।” नपुंसकले फिलिपलाई सोधे, “कृपया मलाई भन्‍नुहोस्, अगमवक्ता कसका बारेमा कुरा गर्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?” त्यसपछि फिलिपले पवित्रशास्त्रको त्यही पदबाट सुरु गर्दै तिनलाई येशूको बारेमा सुसमाचार सुनाए।

प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:30-35 को लागि भिडियो