फिलिप दौडेर रथको नजिक पुगे र ती मानिसले यशैया अगमवक्ताले लेखेको पुस्तक पढिरहेको सुने। फिलिपले उनलाई सोधे, “हजुरले पढिरहनुभएका ती कुराहरू बुझ्नुहुन्छ?” “कसैले नबुझाइदिई मैले कसरी बुझ्ने?” ती मानिसले जवाफ दिए। उनले फिलिपलाई रथमा चढेर आफूसँगै बस्न बिन्ती गरे। ती नपुंसकले पढिरहेको धर्मशास्त्रको भाग यो थियो– उहाँ काट्न लगिने भेडाजस्तो हुनुहुन्थ्यो, ऊन काटिंदा चुप रहने भेडाजस्तै उहाँले आफ्नो मुखबाट कुनै शब्द निकाल्नुभएन। उहाँ यति होच्याइनुभयो कि उहाँले ठीक न्यायसम्म पनि पाउनुभएन अनि उहाँ पृथ्वीबाट लगिनुभयो र उहाँको सन्तानको बयान अब कसले गर्ला? यी नपुंसकले फिलिपलाई सोधे, “दया गरी मलाई बताउनुहोस्, यो कुरा अगमवक्ताले कसको बारेमा भन्नुभएको हो? आफ्नै या अरू कसैको बारेमा?” अनि फिलिपले उनलाई धर्मशास्त्रको त्यही भागदेखि लिएर येशूबाट मुक्ति पाइन्छ भन्ने सुसमाचार सुनाए।
प्रेरित 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 8:30-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू