तिनीहरूका प्रार्थनापछि तिनीहरू बसिरहेको ठाउँ हल्लियो। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिएर परमेश्वरको वचन साहससाथ बोल्न थाले। सबै विश्वासीहरू एकै हृदय र एकै मनका भएका थिए। कसैले पनि आफ्नो सम्पत्तिमाथि एकाधिकार दाबी गर्दैनथ्यो। तर तिनीहरूसँग भएका सम्पूर्ण कुराहरू तिनीहरूले अरूसँग बाँडचुँड गर्थे। प्रेरितहरूले ठूलो शक्तिसाथ प्रभु येशू पुनर्जीवित हुनुभएको निरन्तर साक्षी दिन्थे। तिनीहरू सबैमाथि परमेश्वरको प्रशस्त अनुग्रह थियो। तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो थिएन। किनकि जग्गाधनी र घरधनीहरूले आ-आफ्ना सम्पत्ति र मालमत्ताहरू समय-समयमा बेच्थे; र बिक्रीबाट आएको रकम ल्याउँथे। अनि त्यो रकमलाई प्रेरितहरूको पाउमा राखिदिन्थे। तब जस-जसलाई खाँचो पर्थ्यो, त्यो तिनीहरूलाई बाँडिन्थ्यो।
प्रेरित 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 4:31-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू