YouVersion लोगो
खोज आइकन

प्रेरित 4:31-35

प्रेरित 4:31-35 NNRV

तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्‍प भयो, र तिनीहरू सबै जना पवित्र आत्‍माले भरिए, र तिनीहरूले साहससित परमेश्‍वरको वचन बोले। विश्‍वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्‍माका भएका थिए, र तिनीहरूमध्‍ये एउटाले पनि आफ्‍नो धन-सम्‍पत्तिको केही थोक यो मेरो आफ्‍नो हो भनी भन्‍दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए। ती प्रेरितहरूले बड़ो शक्तिसाथ प्रभु येशूका पुनरुत्‍थानको गवाही दिन्‍थे, र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो। तिनीहरूमध्‍ये कसैलाई केही कुराको खाँचो पर्दैनथ्‍यो, किनकि जति जना जग्‍गा जमिन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्‍यसको मोल ल्‍याउँथे, र प्रेरितहरूका चरणमा राखिदिन्‍थे, र जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्‍यो, सो हरेकलाई बाँड़िदिन्‍थे।

Video for प्रेरित 4:31-35