एक दिन पत्रुस र यूहन्ना दिउँसोको तीन बजेतिर प्रार्थनाका निम्ति मन्दिरतिर गइरहेका थिए। त्यहाँ जन्मैदेखिको एउटा लङ्गडो मानिसलाई बोकेर मन्दिरको सुन्दर भनिने ढोकातिर लगिँदैथियो। त्यसलाई सधैँ नै त्यस ढोकामा त्यसरी नै लगेर राखिन्थ्यो, त्यहीँ बसेर त्यसले मन्दिर जाने मानिसहरूसँग भीख माग्ने गर्दथ्यो। जब लङ्गडोले पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेको देख्यो, तब त्यसले तिनीहरूसँग पैसा माग्यो। पत्रुस र यूहन्नाले त्यसलाई नियालेर हेरे, तब पत्रुसले भने, “हामीतिर हेर!” त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले ध्यान दिएर उनीहरूलाई हेर्यो। पत्रुसले भने, “मसँग सुन वा चाँदी छैन। तर जे मसँग छ, त्यो तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाममा तिमी हिँडिहाल।” यति भनेर आफ्नो दाहिने हातले त्यस लङ्गडोलाई समातेर उनले उठाउन थाले। तब त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो। त्यो आफ्नो खुट्टाका बलले बुरुक्क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरका आँगनहरूमा गयो। जब सबै मानिसहरूले त्यसलाई हिँडिरहेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे, मन्दिरको सुन्दर भनिने मूलढोकामा बसेर सधैँ भीख माग्ने मानिस त्यही नै हो भनी तिनीहरूले चिने। तब त्यो लङ्गडो राम्रोसँग हिँड्न सकेको देखेर तिनीहरू आश्चर्यचकित भए, र अचम्म माने।
प्रेरित 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 3:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू