YouVersion लोगो
खोज आइकन

प्रेरित 3:1-10

प्रेरित 3:1-10 सरल नेपाली

एक दिन पत्रुस र यूहन्‍ना दिउँसो तीन बजेतिर मन्‍दिरमा प्रार्थना गर्न जाँदै थिए। यो प्रार्थनाको समय थियो। मन्‍दिरको चोकमा पस्‍ने सुन्‍दर भन्‍ने ढोकामा एउटा जन्‍मैदेखिको लङ्गडो बस्‍दथ्‍यो। मानिसहरूले उसलाई दिनदिनै बोकेर त्‍यहीँ ल्‍याउँथे। उसले मन्‍दिरमा आउने-जाने मानिसहरूसँग भिख माग्‍ने गर्थ्‍यो। पत्रुस र यूहन्‍नालाई मन्‍दिरमा जाँदैगरेको देखेर उसले उनीहरूसँग पनि भिख माग्‍यो। उनीहरूले उसलाई राम्ररी हेरे र पत्रुसले उसलाई भने, “यता हेर्‌!” यो सुनेर उसले केही पाउँछु कि भन्‍ने आशा लिएर हेर्‍यो। पत्रुसले उसलाई भने, “मसँग सुन-चाँदी त छैन, तर जे छ, त्‍यही म तिमीलाई दिन्‍छु। नासरतको येशू ख्रीष्‍टको नाउँमा उठेर हिँडिहाल्।” यसो भनेर उनले त्‍यस मानिसलाई दाहिने हातमा समातेर उठाए। त्‍यति नै खेर त्‍यस मानिसका खुट्टा र गोली-गाँठा ठीक भए र ऊ उभिएर हिँड्‍न लाग्‍यो। ऊ हिँड्दै र उफ्रँदै, परमेश्‍वरको स्‍तुति प्रशंसा गर्दै उनीहरूसँग मन्‍दिरभित्र पस्‍यो। यसरी भित्र पस्‍दा धेरै मानिसहरूले उसलाई हिँडेको र परमेश्‍वरको प्रशंसा गरेको देखे। मन्‍दिरको सुन्‍दर भन्‍ने ढोकामा बसेर भिख माग्‍ने यही नै हो भनी तिनीहरूले उसलाई चिनिहाले। ‘कसरी हिँड्‍ने भयो?’ भनेर तिनीहरू साह्रै नै छक्‍क परे।

प्रेरित 3 पढ्नुहोस्

Video for प्रेरित 3:1-10