दक्षिणी बतास जब मन्द गतिले चल्न थाल्यो, अनि तिनीहरूले चाहेजस्तै भइरहेको छ भन्ने तिनीहरूले सोचे; त्यसैले तिनीहरूले जहाजको लङ्गर उठाए, र क्रेटको किनारै-किनार हुँदै यात्रा गर्न थाले। तर तिनीहरू केही पर पुग्नुभन्दा पहिल्यै टापुबाट उत्तर-पूर्वी नामक भीषण समुद्री आँधी चल्न थाल्यो। त्यस आँधीको चपेटामा जहाज पर्यो, र तीब्र बेगमा चलेको हुरीबाट अगाडि बढ्न सकेन। त्यसैले हामीले त्यसलाई जतातिर जान्छ, त्यतैतिर जाओस् भनेर छोडिदियौँ। कौडा भन्ने एउटा सानो टापुको आडमा पुगेपछि बडो मुस्किलले हामीले जहाजमा भएको सानो सुरक्षा-डुङ्गालाई बचाउन सक्यौँ। मानिसहरूले त्यसलाई माथि उठाएपछि जहाजलाई बचाउन मुनिबाट फन्को मारेर डोरीले बाँधे। किनकि सिरटिस भन्ने बलौटे धापमा भासिएला भन्ने डरले तिनीहरूले पाल झारिदिए, र जहाजलाई आफैँ चल्न दिए। भोलिपल्ट त्यस भयङ्ककर आँधीले जहाजलाई यताउता धेरै हुत्त्याइएकोले गर्दा तिनीहरूले जहाजका सामानहरू फ्याँक्न लागे। तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजको भारी सरसामानहरूलाई जहाज बाहिर फ्याँकिदिए। जब धेरै दिनसम्म सूर्य र ताराहरू देखिएनन्, र आँधीबेहरी लगातार चलिरह्यो, तब हामीले बाँचौँला भन्ने सबै आशा नै त्यागिदियौँ। मानिसहरूले धेरै दिनसम्म खानेकुरा नखाई बसेपछि पावल तिनीहरू सामु उभिएर यसो भने: “मित्रहरू हो, क्रेटबाट अगाडि नबढ्ने मेरो सल्लाहलाई तपाईंहरूले मान्नुभएको भए आज तपाईंहरू यो विपत्ति र नोक्सानबाट बच्न सक्नुहुन्थ्यो। तैपनि तपाईंहरूलाई मेरो अनुरोध छ, आफ्नो धैर्यलाई नगुमाउनुहोस्। किनकि तपाईंहरूमध्ये कसैलाई पनि केही हुनेछैन; तर जहाजचाहिँ नष्ट हुनेछ। किनकि म जुन परमेश्वरको हुँ र जसको म सेवा गर्दछु, उहाँकै एक स्वर्गदूत गएको राति मेरा छेउमा आएर उभिए, अनि भने, ‘पावल, नडराऊ, तिमीले सिजरको सामु साक्षी दिनैपर्छ। अनि तिमीसित यात्रा गरिरहेका सबैको जीवन अनुग्रहका साथ परमेश्वरले तिम्रो हातमा सुम्पिदिनुभएको छ।’ त्यसैले मित्रहरू हो, धैर्य धारण गरेर बस्नुहोस्, किनकि परमेश्वरले मलाई जे भन्नुभएको छ, त्यही कुरा हुनेछ भनी उहाँमाथि मेरो पूर्ण विश्वास छ। तैपनि हामीचाहिँ कुनै टापुमा बजारिनै पर्छ।”
प्रेरित 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 27:13-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू