YouVersion लोगो
खोज आइकन

प्रेरित 19:1-10

प्रेरित 19:1-10 NCV

अपोल्‍लोस कोरिन्थमा हुँदा, पावल भित्री इलाकाहरू हुँदै एफिसस पुगे। त्यहाँ तिनले केही चेलाहरूलाई भेट्टाए। पावलले तिनीहरूलाई प्रश्न गरे, “तपाईंहरूले विश्‍वास गर्नुभएको बेला पवित्र आत्मा पाउनुभयो?” तिनीहरूले जवाफ दिए, “पवित्र आत्मा हुनुहुन्छ र भनेर हामीले त सुनेका पनि छैनौँ।” तब पावलले प्रश्न गरे, “त्यसो भए तपाईंहरूले कस्तो बप्‍तिस्मा लिनुभयो?” तिनीहरूले उत्तर दिए, “यूहन्‍नाको बप्‍तिस्मा।” तब पावलले भने, “यूहन्‍नाको बप्‍तिस्मा पश्‍चात्ताप मात्रको बप्‍तिस्मा थियो। तिनले ‘मभन्दा पछि आउनुहुनेमाथि विश्‍वास गर्नुपर्दछ’ भनेर मानिसहरूलाई सुनाए। तिनीभन्दा पछि आउनुहुनेचाहिँ येशू हो।” जब तिनीहरूले यो कुरा सुने, तब तिनीहरूले प्रभु येशूको नाममा बप्‍तिस्मा लिए। जब पावलले तिनीहरूमाथि हात राखे, तब तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो। अनि तिनीहरू विभिन्‍न भाषाहरूमा बोले, र अगमवाणी गरे। त्यहाँ प्रायः बाह्र जना पुरुषहरू थिए। पावल त्यहाँका सभाघरहरूमा गए। अनि परमेश्‍वरको राज्यका कुराहरूमा तर्क गर्दै, र विश्‍वास गराउँदै तीन महिनासम्म साहससाथ बोले। तर तीमध्ये कोही हठी भएर विश्‍वास गर्न अस्वीकार गरी, सो मार्गको विरुद्ध खुल्‍लमखुल्‍ला अपशब्द बोल्न थाले। त्यसैले पावलले तिनीहरूलाई छोडेर गए। अनि चेलाहरूलाई आफ्ना साथमा लगेर टुरान्‍नसको पाठशालामा दिनहुँ छलफल गर्न थाले। यो दुई वर्षसम्म चलिरह्‍यो। यसरी एशिया प्रान्तमा बस्‍ने दुवै यहूदीहरू र ग्रीकहरूले पनि प्रभुको वचन सुने।

प्रेरित 19 पढ्नुहोस्

प्रेरित 19:1-10 को लागि भिडियो